भोटेकोशी बाढी प्रभावितका लागि बृटिश गोर्खा र रिब्डीकोट बुद्व विहारद्वारा चेक हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि बृटिश गोर्खा र रिब्डीकोट बुद्व विहारद्वारा चेक हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्व विहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।

दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्वार, पुन:स्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग भन्दै दुबै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेको प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले जानकारी दिए ।

उनका अनुसार बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयोग गरेको हो । भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सीएनसीबीसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका छन् ।

यसैगरी रिब्डीकोट बुद्व विहार पाल्पाले ४० हजार रूपैयाँ सहयोग गरेको छ । विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।