संसद विघटन विरुद्धको रिटमाथि सुनुवाई सुरु

संसद विघटन विरुद्धको रिटमाथि सुनुवाई सुरु


काठमाण्डु – प्रतिनिधि विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ शुरु भएको छ ।  संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दिएको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा ३० वटा रिट निवेदन परेका छन् ।

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।