काठमाण्डु – जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन् । सञ्चारकर्मी रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा दिन नमानेको आरोपमा फक्राउ परेकी बबरमहलकी घरबेटी रिहा भएकी हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलगि रिहा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा घरबेटी सरस्वती प्रधानलाई रिहा गरिएको हो । सञ्चारकर्मी सुनारले आफूलाई दलित भएका कारण घरबेटीले कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।




प्रतिक्रिया