काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पछिल्लो समय गृह जिल्लामा व्यस्त छन् ।
पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि केही समय काठमाण्डुमा बसेका उनी अहिले गाउँमै सामान्य दिनचर्या बिताईरहेका छन् । उनी हाल कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा करिब २ बिघा क्षेत्रफलमा रहेको जग्गामा धान रोप्नमा व्यस्त रहेका छन् ।
पार्टीका सबै तहका नेता कार्यकर्ताहरू एकल, सामूहिक वा संस्थागत ढङ्गले अनिवार्य उत्पादनमा जोडिने नीति अन्तर्गत महासचिव विप्लव पनि खेतिपातिमा सहभागी भएको बताए विप्लव नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।




प्रतिक्रिया