काठमाण्डु – नेपाल नेशनल हस्पिटल नुवाकोटले नि:शुल्क स्वाथ्य शिविर आयोजना गर्ने भएको छ ।
रोटरी कल्ब अफ काठमाण्डु हेल्थ प्रोफेसन र नेपाल नेशनल हस्पिटल कलंकीको सहकार्यमा यही असार १२ गते नुवाकोटको बेलकोटगढी नगरपालीका ७ महादेव फाँटमा शिविर आयोजना हुने नेपाल नेशनल हस्पिटल कलंकीका निर्देशक डा. प्रकाश पौडेलले जानकारी दिए ।
शिविरमा विभिन्न रोगका विषेशज्ञ डाक्टरहरुले विरामीको परिक्षण गर्नेछन् । साथै बिरामीहरुलाई नि:शुल्क औषधि वितरणकासाथै ल्याव परीक्षणकोसमेत व्यवस्था गरिएको डा. पौडेलले बताए ।
शिविरमा स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा.कविन भट्टचन ,बाल रोग तथा एलर्जि आस्थामा रोग विषेशज्ञ डा. महेशकुमार गौतम, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. कुन्साङ डोल्मा शेर्पा , जनरल फिजिसियन डा विकास रिजाल , डार्ड जोर्नी तथा नसा रोग विषेशज्ञ डा. निरज केसीले बिरामी जाँच गर्ने छन् ।
शिविरमा पाठेघर मुखको क्यान्सरको स्क्रीनिंग टेस्ट पनि निःशुल्क गरिने नेपाल नेशनल हस्पिटल नुवाकोटका प्रबन्धक सुजन कार्कीले जानकारी दिए ।




प्रतिक्रिया