काठमाण्डु – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न अवरोध गरेको आरोप लगाएका छन् ।
राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा उनले ओलीले संसदमा विश्वासको मत गुमाएपछि उनी एक मिनेट पनि सरकारमा बस्न नहुने बताए । उनले भने, ’राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? भन्दै प्रश्न गरेका छन् ।
बहसका क्रममा उनले सोधेका छन्, ’७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?’ देउवा पक्षका कानून व्यवसायी गोविन्द बन्दीले बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गरेका हुन् ।




प्रतिक्रिया