काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।
१४ औं महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले बिहीबार दिउँसो २ बजे केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरुले महाधिवेशन केन्द्रीत भएर छलफललाई तिव्रता दिएका बेला नेता पौडेलले पनि सक्रियता देखाएका छन् ।
सभापति देउवाले यसअघि सातवटाा प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेका छन् । नेपाली कांग्रेसका १४ औं महाधिवेशन आगामी भदौ १६ र १९ गतेसम्म काठमाण्डुमा हुने छ ।




प्रतिक्रिया