२४ घण्टामा २४२१ जनामा काेराेना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु

२४ घण्टामा २४२१ जनामा काेराेना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु


काठमाण्डु –  पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको हो । काठमाण्डुमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमित ५० हजार ५२० जना रहेका छन् । आज देशभर ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।