सेयर बजारमा पहिरो-नेप्से ५१ अंकले घट्यो

सेयर बजारमा पहिरो-नेप्से ५१ अंकले घट्यो


काठमाण्डु – नेप्से परिसुचक ५१.६५ अंकले ओरालो लागेको छ । उक्त अंकले नेप्से ओरालो लागे पछि २८६२. १८ विन्दुमा कायम भएको छ।हिजो (मंगलबार) ७९ अंकले उकालो लागेको नेप्से आज भने आरालो लागेको हो ।

आज ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज सबै समुहहरु ओरालो लागेका छन् । त्यस्तै बैंकिङ २८, ब्यापार ५५, होटल तथा पर्यटन ६९, विकास बैंक १६०, जलविद्युत ७१, फाइनान्स ६७, निर्जीवन बीमा २८०, उत्पादन १२१, अन्य ४४, माइक्रोफाइनान्स १०० र जीवन बीमा ३८७ अंकले ओरालो लागेका हुन् ।

कालिका पावर कम्पनीको मूल्य ५. ६ प्रतिशतले घटेको छ । नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ५ प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ५४ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य भने ३. ६ प्रतिशतले घटेको छ ।