जसपा ठाकुर पक्षको बैठक बस्दै

जसपा ठाकुर पक्षको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महनन्त ठाकुरले आफुपक्षीय नेताहरुको बैठक बोलाएका छन् । उनले आज बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेता उमाशंकर अरगरियाले बताए । सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्री पदमुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ ।