एजेन्सी – दक्षिण अफ्रिकामा एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचार झुट भएको खुलेको छ ।
एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो । तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ ।
जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए ।
पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको बीबीसीले जनाएको छ । १० वटा बच्चा जन्मिएको घटनालाई दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान गरेका थिए ।
अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड नभेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो ।
यसै आधारमा बीबीसीले समेत यसबारे समाचार प्रकाशन÷प्रसारण गरेको थियो ।




प्रतिक्रिया