काठमाण्डु – सरकारले दिएको अधिकार प्रयोग गर्दै देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा कायमै छ । हाल काठमाण्डु उपत्यकासहित देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएका छन् ।
प्रमुख जिल्ला अधिकारीरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका हुन् । पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ । अधिकांश जिल्लामा यही असार १४ गतेसम्म निषेधाज्ञा जारी छ ।
सल्यान र डोटीमा असार २०, रुकुम पश्चिम र भोजपुरमा असार १७, तनहुँ र संखुवासभामा असार १६, कैलाली, दाङ, बागलुङ, डडेलधुरा, गुल्मी, पर्वत, स्याङ्जा, रामेछाप, नुवाकोट, अर्घाखाँची, बैतडी, सिरहा, सिन्धुपाल्चोक, धादिङ र मुस्ताङमा असार १५ सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
पर्सामा असार १३, पाल्पा, दार्चुला र गोरखामा असार १२, धनकुटा र नवलपरासी पूर्वमा असार ११ र केही जिल्लामा आजसम्म निषेधाज्ञा कायम छ । ती जिल्लामा पनि निषेधाज्ञा थपिन सक्छ । बाजुरा, बारा र सप्तरीमा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको गृह मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया