काठमाण्डु – संसद विघटन विरुद्धमा परेका रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ ।
प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दिएको मुद्दामा बुधबारदेखि सुनुवाई जारी छ । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ लगायत कानून व्यवसायीले बहस गर्नेछन् ।
बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेका थिए । बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा ३० वटा रिट निवेदन परेका छन् । मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।




प्रतिक्रिया