गण्डकीमा अर्थ मन्त्रालय छोड्न जसपा तयार

गण्डकीमा अर्थ मन्त्रालय छोड्न जसपा तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ ।

मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको भन्दै जसपाका विनाविभागीय मन्त्री हरिशरण आचार्यले अर्थ मन्त्रालयको दाबीबाट पछि हटेको बताए । उनले मन्त्रिमण्डल विस्तार र मन्त्रालय टुंगाउन नसक्नुमा कांग्रेस र माओवादी केन्द्र जिम्मेवार रहेको बताए ।

असार ४ मा विश्वासको मत लिनुअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थसहित दुई मन्त्रालय जसपालाई दिने सहमति गरेका थिए । सहमति अनुसार अर्थ मन्त्रालय जसपाले पाउनुपर्ने हो । तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ ।

कांग्रेस नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्री पदको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । मन्त्रिपरिषद विस्तारमा सकस भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रिय नेताहरु गुहारेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत केन्द्रिय नेताहरुलाई भेटेका छन् । गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।