जीवन विकास लघुवित्तले आईपिओ खुला, कति कित्ता भर्ने ?

जीवन विकास लघुवित्तले आईपिओ खुला, कति कित्ता भर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जीवन विकास लघुवित्तले आईपिओ जारी गरेको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ ।   आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ ।

असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ ।

जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५५ अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।