हुप्सेकोटकाे बजेट : गाउँपालिकाभित्र जन्मिने छोरीको बैंक खातामा ५ हजार

हुप्सेकोटकाे बजेट : गाउँपालिकाभित्र जन्मिने छोरीको बैंक खातामा ५ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जनमुखी योजना समेटेर आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । केही पुराना योजनालाई समेत निरन्तरता दिँदै ५२ करोड बराबरको बजेट सार्बजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सार्बजनिक गरेको नीति तथा कार्यक्रम अनुसार दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिलिटर ०५ रुपैयाँ थप गरि भुक्तान गरिनेछ । जसका लागि ३ लाख बिनियोजन गरिएको छ भने कार्यबिधी निर्माण गरि कृषकलाई पेन्सन तथा बीउ उपलब्ध गराउदै ब्यवसायिक तरकारी खेति र ब्यवसायिक पशुपालनलाई थप प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

खानेपानीको न्युनतम महसुल आएका नागरिकको महसुलको भुक्तानी गाउँपालिकाले गरिदिने नीति अगाडि बढाएको छ, जसका लागि २५ लाख रकम छुट्याईएको छ । हुप्सेकोट गाउँपालिकाले मुख्य/मुख्य चोकमा फ्री वाईफाई जोनको योजना अघि बढाएको छ भने पालिकाको नीति तथा कार्यक्रम एबं बजेटले एकल महिलाको जिबनस्तर उकास्न ‘एकल महिला संग स्थानिय सरकार’ कार्यक्रमलाई अगाडी बढाउने गरि ११ लाख बजेट छुट्याएको छ ।

बिहिबार सार्बजनिक गरिएको नीति तथा कार्यक्रम एबं बजेटले तलबमा मासिक ५ सय कट्टी गर्ने र पालिकाले सोही बराबरको रकम कोषमा राखिदिने गरि ‘अस्थायी शिक्षक कर्मचारी राहत कोष’ स्थापनाको उदेश्य लिएको छ जसका लागि १५ लाख छुट्याईएको छ ।

‘मेरो छोरीको सुनौलो भबिस्य’ कार्यक्रम अन्तरगत छोरीको जन्मदर्ता पश्चात् नगद ५ हजार नागरिकता बनेपछी मात्र निकाल्न मिल्ने गरि पालिकाले जम्मा गर्दिने नीति हुप्सेकोट गाउँपालिकाले अङ्गालेको छ, जसका लागि ६ लाख २० हजार बजेट बिनियोजन गरिएको छ ।

अध्यक्ष पाण्डेले सार्बजनिक गरेको नीति तथा कार्यक्रममा पहाडी वडाहरुमा सिकिस्त बिरामी एबं बिपतमा परेका नागरिकलाई उद्वारका लागि हेलिप्याड स्थापना गर्ने जनाईएको छ भने बिपन्न समुदायको उपचारका लागि १५ लाख बजेट बिनियोजन गरिएकोछ । पान्डेद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा यस आर्थीक बर्षमा हुप्सेकोटलाई बालमैत्री गाउँपालिका घोषणा गरिने उदेश्य लिईएको छ । जसका लागि २० लाख बिनियोजन गरिएको छ भने खुला ब्यायामशाला र युवाहरुका लागि कभर्ड हल निर्माणको उदेश्य राखेको पालिकाको बजेटले सबै उमेर समूहका नागरिकलाई समेटेर प्रतिस्पर्धात्मक हुप्सेकोट खेल सप्ताहको कल्पना गरेको छ ।

त्यस्तै संघीय सरकारको समपुरक अनुदानमा रुद्रपुरगढि पर्यटन प्रबर्द्धन, संघीय सरकारकै विशेष अनुदानमा अत्याधुनिक कोल्ड स्टोर निर्माण र प्रदेश सरकारको समपुरक अनुदानमा पहाडी दुई वडामा बर्थिङ सेन्टर निर्माण एबं प्रदेश सरकारकै विशेष अनुदानमा ल्याण्ड फिल्ड साईड निर्माण गरिने गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । उज्यालो हुप्सेकोट, हुप्सेकोट चक्रपथ जस्ता पालिका स्तरिय गौरबको आयोजनालाई निरन्तरता दिईने गरि बजेट बिनियोजन गरिएको मल्लले बताईन ।