लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै

लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भई हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार:स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ ।

लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ ले लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गइरहेको देखाएको छ । नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ । दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।