अफवाह फैलाउने ९ अनलाईनविरुद्ध रुपाले दिइन् प्रेस काउन्सिलमा उजुरी

अफवाह फैलाउने ९ अनलाईनविरुद्ध रुपाले दिइन् प्रेस काउन्सिलमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चारकर्मी रुपा सुनारले आफुविरुद्ध अफवाह फैलाउने सञ्चारमाध्यम विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् ।

आफूलाई भएको जातीय दुर्व्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (ईयू) बाट उचालिएको’ जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइनविरुद्ध काउन्सिलमा लिखित उजुरी दिएकी हुन् ।

उनले उजुरी दिएका अनलाइनहरु नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकम रहेका छन् ।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।