माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश, बने जिल्ला सचिव

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश, बने जिल्ला सचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – जिल्लाको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।

नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरेकी थिइन् । जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । सचिव गुप्ताले आफु माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेको बताए ।