काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा कुल ९ हजार ८१० जनामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका ती संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।





प्रतिक्रिया