प्रहरीद्वारा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

प्रहरीद्वारा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन् ।

विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएका बेलामा सो रकम भेटिएको थियो । विराटनगर-१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी गराए ।