काठमाण्डु – निषेधाज्ञा थप गर्ने सम्बन्धी छलफल गर्न बसेको उपत्यकाका तीनै जिल्ला अधिकारीहरूको बैठक सकिएको छ ।केहि बेरअघि सकिएको बैठकमा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भएको छ ।
भिडभाडलाई कम गर्न ५० प्रतिशत क्षमतामा मात्र सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले काठमाण्डुपाटीलाई बताए ।
उनले तिनै जिल्लामा आआफ्नै जिल्लाको रणनितिबारे छलफल भएको र निर्णायक छलफल भोलि हुने बताए । त्यस्तै उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बयाउने विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन् ।
उनीहरु निषेधाज्ञा लम्बयाउने विषयमा सहमत भएपनि ठोस निर्णय भने बाँकी छ । उपत्यकामा असार ७ गते थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदैछ ।




प्रतिक्रिया