प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस शुरु

प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस शुरु हुने भएकाे छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।

संवैधानिक इजलासले सरकार पक्षलाई तोकेको १५ घण्टा समय मध्येबाट सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीका लागी १ घण्टा छुट्याइएको छ । बाँकी १४ घण्टा मध्ये सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७ घण्टा बहस गर्नेछन् ।

प्रतिनिधि सभा पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल समुह, जसपा डा. बाबुराम भट्टराई – उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदहरुले दायर गरेको रिट निवेदनमा पक्षको तर्फबाट बहस सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधवारदेखि नियमित बहस भइरहेको छ । अहिलेसम्म रिट निवेदकका तर्फबाट ३६ जना कानून व्यवसायीले बहस गरिसकेका छन् ।