काठमाण्डु – नेकपा एमालेले २०७५ जेठ २ मा फर्किने निर्णय गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् ।
मंगलबार साँझ बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले एमालेलाई जेठ २ मा फर्काउने औपचारिक निर्णय गरेको थियो ।
यो निर्णयपछि आगामी रणनीति तय गर्न नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन्। नेताहरू अनौपचारिक रहेको एक नेताले जानकारी दिए ।
यसअघि नेपालल समूहले एमालेलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउनुपर्ने माग गर्दै आएको थियो । पछिल्लो समय दुई ध्रुबमा बाँडिएको एमाले एकताको नजिक पुगेको नेताहरूले बताएका छन् । दोस्रो तहका नेताहरू एकताका लागि औपचारिक, अनौपचारिक संवादमा छन् ।
नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओली पक्षले मात्र बसेर यसरी निर्णय गर्न नमिल्ने बताए । उनले यस विषयमा आफू थप नबोल्ने समेत बताए ।
नेपाल पक्षकै नेता प्रेमल कुमार खनालले पार्टीभित्र भएको विवाद समाधान नभई जेठ २ फर्किने आधार नभएको बताए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपनि एमालेको दुई समूह भने मिल्न सकेको छैन् । एमाले एकताका लागि अन्तिम प्रयास भइरहेको नेताहरूले बताउने गरेका छन् ।




प्रतिक्रिया