६ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ?

६ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा भएका छन् । गृह मन्त्रालयले मंगलबार सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओको सरुवा गरेको हो ।

धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ । जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ । त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ ।

सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ । कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ ।