आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — बाढी पूर्वानुमान महाशाखाले नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो क्रममा रहेको जनाएको छ । काठमाण्डु उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले बाढीतथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार रातिदेखि परेको भारी वर्षाका कारण सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी बिहानैदेखि परासीस्थित बर्दाघाट वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिहान दुई बजेदेखि मकवानपुरस्थित रजैया र हेटौंडा वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको हुँदा पूर्वी राप्ति नदी तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ