एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूह नजाने

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूह नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने भएको छ ।

अहिले केहीबेरपछि बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूह सहभागी नहुने भएको हो ।

नेता सुरेन्द्र पाण्डेले आफूहरु उक्त बैठकमा सहभागी नहुने जानकारी दिए । उनले सर्वोच्च अदालतले अवैधानिक ठहर्याएको कमिटीमा आफूहरु सहभागी नहुने बताएका हुन्  ।