‘कोभ्याक्सिन अल्फा र डेल्टा भाइरसविरुद्ध पनि प्रभावकारी’

‘कोभ्याक्सिन अल्फा र डेल्टा भाइरसविरुद्ध पनि प्रभावकारी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको बायोटेक कम्पनीले उत्पादन गरेको खोप कोरोना भाइरसको उत्परिवर्तित स्वरुप अल्फा र डेल्टा विरुद्ध प्रभावकारी देखिएको छ ।

दैनिक भास्करका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले गरेको अध्ययनबाट बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन कोरोनाका भेरिएन्ट अल्फा र डेल्टाविरुद्ध पनि प्रभावकारी देखिएको दाबी गरेको हो ।

एनआईएचले कोभ्याक्सिन लगाएका मानिसको रगत सम्बन्धमा दुइटा अध्ययन गरेको थियो । जसबाट यो भ्याक्सिन अल्फा र डेल्टा भेरिएन्ट नष्ट गर्ने एन्टिबडी उत्पादन गर्न सक्षम रहेको तथ्य पत्ता लागेको जनाइएको छ ।