बालुवाटारमा एमालेको बैठक जारी, महत्वपूर्ण निर्णय गर्ने

बालुवाटारमा एमालेको बैठक जारी, महत्वपूर्ण निर्णय गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक जारी छ । केहि बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेकाे छ ।

जसमध्ये एमालेको माधव नेपाल पक्षका कारवाहीमा परेका ११ सदस्यबाहेक अरु सदस्यहरुलाई पनि आजको बैठकका बोलाइएको छ । सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो ।

माधव नेपाल पक्ष भने यी प्रक्रियासँग असहमत रहेर समानान्तर पार्टीको अभ्यास गरिरहेको छ । एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ । मंगलबार साझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।