एमालेको बैठकमा शिक्षामन्त्रीको राजीनामा मागियो

एमालेको बैठकमा शिक्षामन्त्रीको राजीनामा मागियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । सञ्चारकर्मी रुपा सुनार प्रहरणमा विवादमा तानिएका मन्त्री श्रेष्ठको राजीनामा माग गरिएको हो ।

बालुवाटारमा जारी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

एमाले गण्डकी प्रदेश अध्यक्षसमेत रहेका नेता विश्वकर्माले जातीय विभेद गर्ने घरबेटी सरस्वती महर्जनलाई आफ्नो गाडीमा राखेर घर पुर्याएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।