एमालेको महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा थपिए ८ जना नेता

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा थपिए ८ जना नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेको आयोजक कमिटी भंग गर्ने निर्णय गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने जानकारी दिए ।

त्यस्तै बैठकले एमालेका चार र माओवादी केन्द्रका चार जना नेतालाई स्थायी कमिटीमा समेटिएको छ ।

स्थायी कमिटी सदस्यहरुमा एमालेबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित पूर्वमाओवादी केन्द्रबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखखराज भट्ट, मणि थापा रहेका छन् ।