काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहका ११ नेतालाई गरिएको कारबाही स्वत खारेज गएको छ ।
बुधबार बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटि भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेसँगै एमालेले कारबाही गरेका नेपाल समूहका ११ नेतामाथिको कारबाही स्वत खारेज भएको हो ।
एमालेले पार्टीविरोधी गतिविधि गरेको भन्दै नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई कारबाही गरेको थियो ।




प्रतिक्रिया