समिट होटलमा ओली र नेपाल समूहका नेता छलफलमा जुटे

समिट होटलमा ओली र नेपाल समूहका नेता छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहमाथिका कारबाही फुकुवा गरेसँगै नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेका थिए । एमाले फूटको संघारमा रहेका बेला प्रधानमन्त्री ओलीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेका हुन् ।

सोही विषयमा छलफल गर्न नेपाल समूहको बैठक बसेको हो । अहिले समिट होटलमा नेपाल समूहका नेताबीच छलफल जारी छ ।

केहीबेरअघि ओली र नेपाल समूहका ८ जना नेताबीच संयुक्त छलफल भएको थियो । दुवै पक्षबीचको छलफलपछि नेताहरु अहिले छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।