नवनियुक्त १६ न्यायाधीशद्वारा पद तथा गोपनियताको शपथ

नवनियुक्त १६ न्यायाधीशद्वारा पद तथा गोपनियताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

१६ जना जिल्ला न्यायाधीशहरुलाई बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढंगानाले सपथ गराए।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले १६ जनालाई न्यायाधीशमा नियुक्त गरेका थिए।

परीक्षा प्रणालीबाट उत्तीर्ण भइ जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, इश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल छन्।

यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दीलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधीशमा नियुक्त भएका छन्।

परीक्षा प्रणालीबाट उत्तीर्ण गरेकाहरुलाई न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले जिल्ला न्यायाधिशहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।