आजदेखि आन्तरिक हवाई उडान सुरू

आजदेखि आन्तरिक हवाई उडान सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजबाट आन्तरिक हवाई उडान सुरु भएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बन्द भएको आन्तरिक उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीका दैनिक ६४ उडान सञ्चालन हुने गरी तालिका बनाएको छ ।वायुसेवा कम्पनीहरुले जनस्वास्थ्य मापदण्ड पुरा गरी सेवा प्रदान गर्नेछन् । असार ७ गते मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बुद्ध एयरले ३१, यति एयरले १५, श्री एयरले सात, सौर्य एयरले तीन, नेपाल एयर, तारा एयर, समिट एयर र सीता एयरले दुई–दुई उडान गर्नेछन् ।