आइसीटिमा फाइभजी इनोभेसन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक : ह्वावेका कार्यकारी निर्देशक

आइसीटिमा फाइभजी इनोभेसन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक : ह्वावेका कार्यकारी निर्देशक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन – ह्वावेका कार्यकारी निर्देशक रायन डिंगले आइसीटिमा फाइभजी इनोभेसन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक बन्न पुगेको बताएका छन् । ‘लाइटिङ अप द फ्युचर’ कार्यक्रमलाई सम्बोधन गर्दै डिंगले यसको भ्यालु टेलिकम उद्योग भन्दा धेरै बढीरहेको बताए । फाइभ जीमा चलिरहेको इनोभेशनले विशेष गरी अपरेटरहरु, आईसीटि उद्योग र विश्वव्यापी अर्थतन्त्रलाई बढी भ्यालु दिनेछ र हरेक उद्योगको भविष्य उज्यालो पार्नेछ ।

‘कोरोना महामारीले एक न्यू नर्मल अवस्था सिर्जना गरेको छ, जहाँ डिजिटल अर्थव्यवस्था विश्वव्यापी अर्थव्यवस्थाको लागि प्रेरणा हो । डिजिटल अर्थव्यवस्थाको आधारशिलाका रूपमा आईसीटी इन्फ्रास्ट्रक्चरले महत्वपूर्ण भूमिका खेल्दै छ,′ डिंगले भने ।

उनले भने, ‘आईसीटीको भ्यालु अब टेलिकम उधोग भन्दा अधिक छ र वैश्विक अर्थतन्त्रमा परिवर्तनकारी असरहरू छन् । ती देशहरू जहाँ फाइभ जी द्रुत गतिमा विकास हुँदैछ, अपरेटरहरूले छिटो राजस्व बृद्धी देखेका छन् र यी देशहरूमा समग्रमा अझ राम्रो डिजिटल संरचना पनि छ । चीनलाई उदाहरणको रूपमा लिदा १८ महिना भन्दा कममा ८२०,००० भन्दा बढी फाइभ जी बेस स्टेशनहरू परिचालन गरिएको छ र चिनियाँ अपरेटरहरूले यस वर्षको पहिलो त्रैमासिक अवधिको राजस्वमा ६.५% प्रतिशत र नेट प्रोफिटमा ५.६% प्रतिशतले वृद्धि हासिल गरेको छ ।’

फाइभ जीद्वारा संचालित डिजिटल पूर्वाधारको द्रुत विकासले आगामी पाँच बर्षमा चिनियाँ अर्थव्यवस्थामा युरो १.९ ट्रिलियन थप गर्नेछ । यस्तै प्रवृत्ति दक्षिण कोरिया र युरोपमा पनि देख्न पाइन्छ । आईसीटी इन्फ्रास्ट्रक्चर फाइभजी युगमा डिजिटल अर्थव्यवस्थाको आधारशिला हो, अपरेटरहरूले पहिले भन्दा बढी महत्वपूर्ण भूमिका खेल्दैछन् ।

‘हाल फाइभ जीमा अपरेटर्सको प्रमुख लक्ष्य भनेको नेटवर्क डिप्लोइमेन्ट, बजार विकास र अपरेशन अप्टिमाइजेसनको माध्यमबाट तीन प्रमुख बजार – उपभोक्ता, घर र उधोगमा ब्यबसायिक सफलता हासिल गर्नु हो,′ डिंगले भने, ‘उपभोक्ता बजारमा फाइभ जी को अर्थ केवल द्रुत गति मात्र होइन; यसले नयाँ अनुभव र नयाँ भ्यालु पनि ल्याउँदछ । केही अपरेटरहरूले पहिले नै प्रारम्भिक व्यापार सफलता हासिल गरिसकेका छन् ।’

आज फाइभ जी १,००० भन्दा बढी परियोजनाहरूमा, स्टिल र माइनिंगहित २० भन्दा बढी उधोगहरूमा अधिक सुरक्षित र अधिक सक्षम उत्पादनका साथ लागू गरिएको छ ।