गूप्तचरमा एसपीको सरुवा र पदस्थापना,भक्तपुरमा वर्ष दिन नपुग्दै एसपीको सरुवा

गूप्तचरमा एसपीको सरुवा र पदस्थापना,भक्तपुरमा वर्ष दिन नपुग्दै एसपीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय अनुसन्धान विभागमा एसपीहरुको सरुवा भएको छ । गूप्तचरमा केही समयअघि डिएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयां एसपीहरुको सरुवा भएको हो ।

एसपीहरु पप्पु शर्मा मकवानपुर,मनोज ढकाल कांस्की,चन्दन झा सर्लाही, प्रज्वल खड्का बर्दिया र लक्ष्मी पौडेलको सुरक्षा परिषदमा सरुवा भएको छ ।

त्यसैगरी उत्तम खनाल तनहु, शेरबहादुर चन्द चितवन,सुदिप अधिकारी गोरखा, जयन्द्र उपाध्याय सुर्खेत,विकास पाण्डे हेटौडा तालिम केन्द्र र टेकराज तिमिल्सेना भक्तपुर पुगेका छन् ।

भक्तपुरमा रहेका एसपी पाण्डेको १ वर्ष नपुग्दै सरुवा भएको छ । सूरुमा भक्तपुरका सांसद महेश बस्नेतले एसपी तिमिल्सेनालाई ल्याउन सिफारीस गरेको स्रोतको दावी छ । पछि पाण्डेलाई एक वर्ष अवधी नपुगी सरुवा नगर्न उनले आग्रह गरेपनि उनको सरुवा भएको बताइएको छ ।

तिमिल्सेना युवा संघका पुर्व अध्यक्ष वचन सिंहको सिफारीसमा सरुवा भएको गूप्तचरभित्र चर्चा छ । सिंहले नै तिमिल्सेनाको सिफारीस बस्नेतलाई गरेका थिए । भक्तपुर नै एसपी बसिसकेका शेरबहादुर चन्द पनि भक्तपुर आउंने दौडमा थिए । तर, अन्तिममा तिमिल्सेनाले वाजी मारेका छन् । यसअघि भक्तपुरमा एसपी रहेका सुरेन्द्र कोइराला पनि एक वर्ष नपुग्दै सरुवा भएर धादिंग पुगेका थिए ।