प्रहरी हौं भनी धाकधम्की दिएर रकम असुल गर्ने २ जना पक्राउ

प्रहरी हौं भनी धाकधम्की दिएर रकम असुल गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी हौं भनी डरत्रास र धाकधम्की दिएर रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित मानिसहरू प्रवेश गरी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोशाकमा खटिएका प्रहरी हौं भनी डरत्रास र धाकधम्की दिई औषधि पसलको काउन्टरबाट नगद समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले संलग्न दुवैलाई पक्राउ गरेको हो ।

उनीहरूउपर आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।