काठमाण्डु –नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर एक हजार ३३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।




प्रतिक्रिया