काठमाण्डु — सरकारले चीनसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप काठमाण्डु आइपुगेको छ ।
आज बिहान नेपाल वायुसेवा निगमको विमानले उक्त खोप ल्याएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पुर्याइने छ । अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय भएको छैन ।
विज्ञहरुले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन् । अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ल्याइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।




प्रतिक्रिया