मेलम्चीका ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

मेलम्चीका ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो।

ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायत कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको थियो। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्युट एड्जुडिकेसन बोर्ड–डिएबी) को निर्णयअनुसार सरकारले ठेकेदारलाई क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्न लागेको स्रोतले जानकारी दिएको छ। आयोजनाले यसअघि पनि पटकपटक गरेर करौडौं रकम डिएबीकै निर्णयमा सहमति जनाउँदै भुक्तानी गरेको थियो।

‘ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको छ।’

डिएबीमा ठेकेदार पक्षबाट एक, आयोजना पक्षबाट एक र ती दुई जनाले मनोनीत गरेका एकजना गरी तीन जना सदस्य हुन्छन्। आयोजना र ठेकेदारबीच विवाद आएमा यही तीनजनाले निर्णय गरी भुक्तानी दिइँदै आएको हो। डिएबीको निर्णय चित नबुझेमा ३५ दिनभित्र असन्तुष्टिपत्र बुझाएर अदालतमा जान सकिने प्रावधान छ। त्यसको निर्णय पनि सर्वोच्च अदालतसम्म पुग्न सकिन्छ। तर, आयोजनाले भने असन्तुष्टिपत्र नदिई क्षतिपूर्तिबापत ठूलो रकम तिर्दै आएको छ।

डिएबीले क्षतिपूर्ति तिर्नुपर्ने निर्णय शुक्रबार सुनाउँदैछ। आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार डिएबीमा आयोजनाका तर्फबाट सरकारका पूर्वइन्जिनियर लेखमानसिंह भण्डारी र ठेकेदारका पक्षबाट ब्रिटिस नागरिक छन्। उनीहरुबाट मनोनीत सदस्य पनि ब्रिटिस नागरिक नै छन्। आजको नागरीक दैनिकमा समाचार छ ।