पछिल्लो २४ घण्टामा २२३९ कोरोना संक्रमित थपिए, १३१६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २२३९ कोरोना संक्रमित थपिए, १३१६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ ।

११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर थप १३१६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाण्डु उपत्यकामा आज ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाण्डु जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन् ।