शंकर पोखरेलको दाबीः आजै विवाद टुंगो लगाउँछौं

शंकर पोखरेलको दाबीः आजै विवाद टुंगो लगाउँछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक जारी छ । कार्यदलको बैठक दिउँसो पौने १ बजेदेखि बसिरहेको छ ।

सो कार्यदलका सदस्य शंकर पोखरेलले सिंहदरबारमा झण्डै ४ घण्टा चलेको कार्यदलको बैठकमा सहमतिका लागि अधिकतम प्रयास भइरहेको बताएका छन् । उनले आजै सहमति हुन सक्ने बताए ।

बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौं, सम्भवतः आजै हामी टुंगाउँछौं ।’

कार्यदलमा संस्थापनपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका छन् ।

बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने विश्वास व्यक्त गरेका थिए ।

तर, सोही दिन साँझ बसेको बैठक औपचारिक रुपमा नबसी सकिएको थियो । बैठकबाट बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको बताएका थिए ।