प्रहरीका चार एआईजीको सरुवा, को कहाँ ?

प्रहरीका चार एआईजीको सरुवा, को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ । उनको ७ महिनामै सरुवा भएको हो । पालको ठाउँमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ ।

निरजबहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेलको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । त्यस्तै भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।