एमाले कार्यदलमा एकताको सहमति

एमाले कार्यदलमा एकताको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच एकताको सहमति भएको छ । पार्टी एकताका लागि शुक्रबार दिनभर बसेको कार्यदलको बैठक समझदारीमा टुंगिएको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिमा पुगेको र शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए । उनले सहमतिको बुँदाबारे भोलिसम्म पर्खन समेत आग्रह गरे ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न पछिल्लो समय दोस्रो तहका नेताहरु निरन्तर छलफलमा लागिरहेका छन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको एमालेका सांसदहरूको हस्ताक्षर अदातलको फैसलाअघि नै फिर्ता गराउन माग गरेका छन् भने नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् ।