प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । स्रोतका अनुसार बिहान साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता सुरु भएको हो ।

एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेता नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको अन्तिम चरणमा पुगेको बताइरहेका बेला प्रचण्ड र नेपालबिच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पाटीभित्रको विवाद मिलाउन भन्दै एमालले ओली र नेपाल पक्षका ५–५ जना गरी १० जनाको कार्यदल बनाएको थियो । कार्यदलले एकताका लागि १० दिनदेखि निरन्तर छलफल गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो ।