कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)

कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाण्डुको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो।

नेपाली कांग्रेस काठमाण्डु महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने तथा क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ।

खुलामञ्चको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै मैदानलाई पुरानै अवस्थामा फर्काउने लक्ष्यसहित पुनःरोपणको काम अघि बढाइएको हो। पुनःरोपणपछि खुलामञ्चको हरियाली र सौन्दर्य पुनः फर्किने अपेक्षा गरिएको छ।