अमेरिकी राष्ट्रपतिलाई तालिबानको जवाफ : दुई हप्तामा अफगानिस्तान कब्जा गर्न सक्छौँ

अमेरिकी राष्ट्रपतिलाई तालिबानको जवाफ : दुई हप्तामा अफगानिस्तान कब्जा गर्न सक्छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अफगानिस्तानको विद्रोही समूह तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइप्रति प्रतिक्रिया जनाउँदै आफूले चाहेमा दुईहप्ता भित्र अफगानिस्तानलाई नियन्त्रणमा लिनसक्ने बताएको छ ।

रुस भ्रमणको लागि गएको तालिबानी प्रतिनिधिमण्डलका प्रमुख सहाबुद्दीन दिलावरले १४ दिनमै अफगानिस्तान कब्जा गर्नसक्ने जानकारी दिएका हुन् । बिहीबार अफगानिस्तानमा तालिबानको बढ्दो प्रभावबीच अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई तीन लाख मजबुद अफगानी सुरक्षाबलमा भरोसा भएको बताएका थिए ।

उनले तालिबानले अफगानिस्तानका विभिन्न जिल्ला नियन्त्रणमा लिएको विषय खारेज गर्दै भनेका थिए, ‘तालिबानसँग मात्र ७५ हजार लडाकु छन् जसले अफगानिस्तानका तीन लाख सेनालाई टक्कर दिन असम्भव छ ।’

पछिल्लो समय अफगानिस्तानबाट अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु स्वदेश फर्किएसँगै तालिबानले अफगानिस्तानमा हिंसा मच्चाउन सुरुवात गरेको जनाइएको छ ।