गण्डकीका विना विभागीय दुई मन्त्रीको जिम्मेवारी तोकियो

गण्डकीका विना विभागीय दुई मन्त्रीको जिम्मेवारी तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले २ जना विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री पोखरेलले सुरुमै आचार्यलाई ऊर्जा र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी तोके पनि उनीहरुले अस्वीकार गरेका थिए ।

अर्थ मन्त्रालय दाबी गरिरहेका आचार्यले आफूले रोजेको मन्त्रालय नपाएको गुनासाे गरेका थिए । साथै मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै खेलकुद मन्त्रालय अस्वीकार गरेका थिए ।

सरकार गठनमा समस्या परेपछि आफुसंगै सपथ खाएका मन्त्रीहरुलाई मुख्यमन्त्री पोख्रेलले जिम्मेवारी दिएका थिएनन् । ११ वटा मन्त्रालय रहेको गण्डकीमा यसअघि मधुमायाले स्वास्थ्य र कुमार खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका छन् । ११ मन्त्रालयमध्ये बाँकी मन्त्रालय खाली छन् ।