देउवाले किन बोलाए सिटौलालाई बुढानिलकण्ठ ?

देउवाले किन बोलाए सिटौलालाई बुढानिलकण्ठ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई भेट्न बोलाएका छन् ।

सभापति देउवाले दिउँसो तीन बजेका लागि बुढानिलकण्ठमा छलफलका लागि बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनले पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बताए ।

शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न खोजेको देखिन्छ । आज देउवाले सिटौलासँग कुराकानी गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।